![एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/nepali-cricket-team_F9uMlZMQRZ.jpg)
राजधानीमा काठमाडौंमा हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले कप्तान रोहित पौडेलको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
यसअघि घरेलु मैदानमा भएको लीग टू अन्तिम सिरिजमा सहभागिता जनाएकै खेलाडीहरूले यसपटक पनि अन्तिम १४ मा स्थान बनाएका छन् ।
टोलीमा कप्तान पौडेलका अलावा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जीसी र ललित राजवंशी छन् ।
वैकल्पिक खेलाडीका रूपमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोले स्थान बनाएका छन् ।
प्रतियोगितामा नेपालसहित १० एसोसिएट टीम सहभागी छन् ।
हेर्नुहोस्, टीम :