
नेतृत्वसँग असन्तुष्ट रहेका एमाले नेता भीम रावलसँग एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासहित वार्ता भएको छ ।
आइतवार विहान ९ देखि ११ः३० बजेसम्म नेकपा एमालेका पार्टी नेतात्रय र रावलबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा वार्ता भएको हो ।
वार्ता खुलस्त भएको भएको भन्दै नेता रावलले सकारात्मक परिणाम निकाल्ने गरी फेरि बस्ने सहमति भएको बताए ।
संसदीय चुनावमा रावललाई पार्टीले टिकट नदिएपछि उनी एमाले नेतृत्वसँग असन्तुष्ट थिए ।
पछिल्लो समय पार्टीमा बस्ने कि विकल्प सोच्ने भनेर तयारी गरिरहेका रावललाई एमालेमा नै राख्न उक्त वार्ता भएको हो ।