२८ असार २०८३, आइतबार

पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या

बैशाख ३, २०८०
पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या

अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद उनका भाइ असरफलाई गोली हानेर मारेका हुन् । 

यहाँस्थित अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका बेला पत्रकारकैबीचमा रहेका ती तीन जनाले उनीहरूलाई टाउकोमा गोली हानेका थिए । घटना गएराति भएको हो । 

पूर्वसांसद् राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए । आक्रमणकारी तिनैजनालाई पक्राउ गरिएको छ । 

अतिक अहमदविरुद्ध विगत दुई दशकमा अपहरण, हत्या र जवरजस्ती करणीलगायत दर्जनौँ मुद्दा दर्ता भएका थिए । स्थानीय अदालतले उनलाई अपरहण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो । अतिकले आफूलाई असुरक्षा रहेको बताउँदै आएका थिए । 

अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । दुई दिनअघि अतिक अहमदका छोरा असद तथा उनीसँगै रहेका उनका साथी गुलाम मोहम्मद झाँसीमा भएको प्रहरी कारबाहीमा मारिएका थिए । उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्