१० साउन २०८३, आइतबार

‘नढाक न मुहार शृङ्गारले...’ गीत तीन सातामै करोड क्लबमा पुग्यो

‘नढाक न मुहार शृङ्गारले...’ गीत तीन सातामै करोड क्लबमा पुग्यो

गाजल त्यो तिम्रो मेटाइदेऊ न 

तिम्रो आँखाको रङ हेर्न मन छ

बाँधेको केस फुकाइदेऊ न 

हावाले उडाको मन पर्छ 

नढाक न मुहार शृङ्गारले, नढाक न मुहार शृङ्गारले 

चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ 

तीन साताअघि सार्वजनिक ‘जे छौ तिमी’बोलको गीतले एक करोड प्लस भ्युज पाएको छ । 

यो गीत सार्वजनिक भएसँगै टिकटक, इन्स्टाग्राम, फेसबुक रिल्सदेखि युट्युबमा चर्चित बन्न पुगेको थियो । अहिले पनि यो गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमै छ । आइतवार यस गीतको भ्युज १ करोड ३ लाख ५० हजार कटेको छ ।

स्वप्न सुमनको शब्द रचना रहेको यो गीत उनले समीर श्रेष्ठसँग गाएका छन् । फरक जनराको संगीतमा रुचाइएका दुई चर्चित व्यक्ति स्वप्न सुमन र समीर श्रेष्ठलाई संगै सुन्न र देख्न पाउँदा स्रोता दर्शकहरुले खुशी लागेको बताएका छन् । भिडियोमा यी दुवै फिचर्ड छन् । 

नयन राईको निर्देशन एवं छायांकन रहेको भिडियोमा अशोक अधिकारीको भिएफएक्स एवं सम्पादन छ । 

स्वप्न सुमनले आफ्नै अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेका थिए । विशेषगरी युवापुस्ताका स्रोता दर्शकले गीतलाई रुचाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्