
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतवार राति भएको खेलमा गुजरात टाइटन्सलाई ३ विकेटले हराउँदै राजस्थान रोयल्सले जितेको छ ।
कप्तान सन्जू सैमसन र शिमरन हेटमायरको उत्कृष्ट ब्याटिङले राजस्थानलाई जिताएको हो । गुजरातलाई ४ बल बाँकी छँदै राजस्थानले हराएको छ ।
गुजरातले शुरूमा ब्याटिङ गरेर २० ओभरमा १७७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थानले ४ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।
हालसम्म राजस्थानले ४ खेल जित्दा गुजरातले ३ खेल मात्रै जितेको छ । अंक तालिकामा राजस्थान पहिलो नम्बरमा छ भने गुजरात तेस्रो नम्बरमा छ ।