११ साउन २०८३, सोमबार

नेपाल र भारतले साझा डिजिटल भुक्तानी प्रणाली अपनाउनु व्यावहारिक हुन्छ– राजदूत श्रीवास्तव

नेपाल र भारतले साझा डिजिटल भुक्तानी प्रणाली अपनाउनु व्यावहारिक हुन्छ– राजदूत श्रीवास्तव

नेपाल र भारतबीचको सम्पर्क थप बलियो बनाउनका लागि 'डिजिटल कनेक्टिभिटी' आवश्यक रहेको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बताएका छन् । 

कैलालीको धनगढीमा आयोजित मानसखण्ड सम्मेलनमा सोमवार आफ्नो मन्तव्य राख्ने क्रममा श्रीवास्तवले भारतीय तीर्थयात्रीलाई नेपालका तीर्थस्थलमा थप सहजता दिलाउन डिजिटल गेटवे आवश्यक रहेको बताए ।

'भारतबाट नेपाल आउँदा २५००० भारु मात्र ल्याउन पाइन्छ र त्यो पनि १०० भारुको डिनोमिनेसनमा मात्र,' उनले भने, 'सुरक्षाको दृष्टिकोणले त्यो उपयुक्त हुँदैन । नेपालले पनि भारतसँग मिलेर साझा विद्युतीय भुक्तानी प्रणालीलाई अपनाउनु व्यावहारिक हुन्छ ।'

दुई देशको सीमामा रहेका नदीमा थप मोटरेबल पुल बनाउने योजना बनिरहेको जानकारी पनि उनले दिए ।

salt training

कमेन्ट गर्नुहोस्