
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते सदनबाट विश्वासको मत लिने भएका छन् ।
प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे बैठक बस्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । सोही दिन गिरीले विश्वासको मत लिने भएका हुन् ।
८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । माओवादी सहित साना दल सरकारबाट बाहिरिएपछि गिरी अल्पमतमा छन् ।
सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए ।
लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।
लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।