
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि सोमवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका थिए ।
उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गरेका उनको सचिवालयले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।