१९ असार २०८३, शुक्रबार

बेइजिङको अस्पतालमा आगलागी, २९ जनाको मृत्यु

बैशाख ६, २०८०
बेइजिङको अस्पतालमा आगलागी, २९ जनाको मृत्यु

चीनको राजधानी बेइजिङमा रहेको चाङफङ अस्पतालमा मंगलवार भएको आगलागीमा २९ जनाको मृत्यु भएको छ । 

मृतकमध्ये २६ जना बिरामी, एक नर्स, एक स्वास्थ्य सहायक र एक कुरुवा रहेको फङताई क्षेत्रका उपप्रमुख ली चोङरोङले जनाएको भनी एपीले समाचार दिएको छ । 

आगो लाग्न थालेपछि अस्पतालले दर्जनौं मानिसलाई निस्कन लगाएको थियो । भित्र फसेका केही मानिस तन्ना झ्यालबाट झुण्ड्याएर बाहिर निस्केका थिए । 

आगलागीको कारणबारे अनुसन्धान चलिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्