१० साउन २०८३, आइतबार

भारतको सर्वोच्च अदालतमा समलिंगी विवाहसम्बन्धी बहस, केन्द्र सरकार विपक्षमा

बैशाख ६, २०८०
भारतको सर्वोच्च अदालतमा समलिंगी विवाहसम्बन्धी बहस, केन्द्र सरकार विपक्षमा

भारतको केन्द्र सरकारले बुधवार त्यहाँको सर्वोच्च अदालतमा समलिंगी विवाहसम्बन्धी मुद्दामा आफ्नो ताजा शपथपत्र पेश गरेको छ । 

सरकारले यस विषयमा विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशको अवधारणा बुझ्नका लागि उक्त शपथपत्र पेश गरेको हो । 

‘यो विषय विधायिकी क्षेत्रमा पर्ने हुनाले सबै राज्य र केन्द्रशासित प्रदेशको अवधारणा आवश्यक छ,’ शपथपत्रमा उल्लेख गरिएको छ । 

सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानूनी मान्यता दिनका लागि परेको निवेदनमा विचार गरिरहँदा सरकारले त्यसलाई वैध बनाउन नहुने धारणा राखेको छ । यस विषयमा परेका निवेदनहरू सामाजिक स्वीकार्यताका लागि शहरी अभिजात वर्गले दायर गरेको सरकारको धारणा छ । 

केन्द्र सरकारले राज्य र केन्द्रशासित प्रदेशहरू पनि यस मुद्दाको पक्ष हुनुपर्ने मान्यता राखेको छ । उनीहरूले १० दिनभित्र आफ्नो धारणा पेश गरिसक्नुपर्नेछ । 

मंगलवार प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा बसेको पाँच न्यायाधीशको संवैधानिक इजलासले समिलिंगी विवाहको पक्ष तथा विपक्षमा भएका बहसको सुनुवाइ गरेको थियो । 

बहसका क्रममा विशेष विवाह ऐनको चर्चा भएको थियो । त्यसमा पुरुष र महिला भनी स्पष्टसँग लेखिएको र व्यक्ति भन्ने शब्द उपयोग गर्दा विद्यमान कानूनलाई अस्थिर बनाउने तर्क गरिएको थियो । 

तर अदालतले पुरुष र महिलाको अवधारणा लिंगमा आधारित निरपेक्ष विषय नभएको र लैंगिकताको बहसमा यसको अर्थ नहुने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्