
विकासोन्मुख देशहरूको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाइनान्स ईन्सटिट्यूसन डीएफआईएसहरूले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ, नेपालमा उपलब्ध स्रोत र साधनहरूको कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाइको देश भएको छ ।
विदेशी यस्ता दातृ निकायहरूबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । फलस्वरूप यसरी प्राप्त हुने विदेशी मुद्राको उतारचढावलाई नियन्त्रण गर्नका लागि नेपालका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ ।
यस्ता उतारचढाव नियन्त्रण गर्नका लागि एनएमबी बैंक लि. ले The Currency Exchange Fund (TCX), Amsterdam / MFX Currency Risk Solutions, Washington सगँको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापूर्वक हेजिङ्ग कारोबार गरी नेपालकै पहिलो हेजिङ्ग कारोवार सम्पन्न गर्ने अग्रणी वाणिज्य बैंक भएको छ ।
नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्बन्धित कारोबार गर्नका लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो । सो कार्य सफलतापूर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकोमा एनएमबी बैंकले टीसीएक्स र एमएफएक्सप्रति आभार प्रकट गरेको छ ।
यस हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोगप्रतिको प्रतिबद्घता दर्शाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देशभरी स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोवार गर्नका लागि मार्ग प्रशस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबी बैंक विश्वस्त रहेको छ ।
एनएमबी बैंक विगत २६ वर्ष देखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
एनएमबी दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लगि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शखाहरू, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।