०६ साउन २०८३, बुधबार

उत्तर कोरियाले अन्तरिक्षमा जासूसी भूउपग्रह पठाउने, अमेरिकामाथि नजर राख्ने

बैशाख ६, २०८०
उत्तर कोरियाले अन्तरिक्षमा जासूसी भूउपग्रह पठाउने, अमेरिकामाथि नजर राख्ने

उत्तर कोरियाले अन्तरिक्षमा सैन्य जासूसी भूउपग्रह पठाउनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको त्यहाँका सर्वोच्च नेता किम जोङ उनले बताएका छन् । 

उनले अधिकारीहरूलाई योजनामुताबिक भूउपग्रहको प्रक्षेपण गर्न निर्देशन दिएका छन् । 

मंगलवार एयरोस्पेस एजेन्सीको भ्रमणका क्रममा किमले अमेरिका तथा उसका सहयोगी देशबाट हुने खतरालाई विचार गर्दै निगरानी प्रणाली बनाउन चाहेको बताए । 

अमेरिकाले क्षेत्रीय सहयोगीहरू जापान र दक्षिण कोरियासँग मिलेर सैन्य अभ्यास गरिरहँदा उत्तरले व्यापक मात्रामा हतियारहरूको परीक्षण गरिरहेको छ । उसले ठोस इन्धन भएको अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि परीक्षण गरिसकेको छ । 

जासूसी भूउपग्रह प्रक्षेपणका लागि युद्धस्तरमा तयारी भइरहेको किमले बताएका छन् । गोप्य जानकारी बटुल्नका लागि कैयौं यस्ता भूउपग्रह पठाउनुपर्ने किमको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्