काठमाडौं, १६ भदौ - राजपा नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको निर्वाचन क्षेत्र बाँडफाँटमा असन्तुष्टि प्रकट गरेको छ । जनसंख्याको आधारमा मधेशमा आधा भन्दा बढी निर्वाचन क्षेत्र हुनुपर्नेमा त्यो नभएको भन्दै राजपाले एक विज्ञप्ति निकालेर विरोध जनाएको हो ।
