
कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसमा अधिकारको लागि जसपा अध्यक्ष उपेन्द्र यादव निरन्तर लड्दै आएको बताएका छन् ।
उपनिर्वाचनमा यादव उठेको बारा २ मा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आफू प्रधानमन्त्री हुँदा मधेसको अधिकारको लागि यादवले पटकपटक आफूसँग झगडा नै गरेको उनले बताए ।
‘म प्रधानमन्त्री हुँदा मेरै क्याबिनेटमा उपेन्द्रजी पनि हुनुहुन्थ्यो’ देउवाले भने, ‘उपेन्द्रजी मधेशको अधिकारका धेरै खट्ने र लाग्ने नेता हो । क्याबिनेटमा मैसँग पनि उहाँले पटकपटक झगडा नै गर्नुभएको छ । यसैले मधेसका लागि लड्न नेता नै उपेन्द्रजी हो ।’
फेरि पनि जिताएर यादवलाई मधेशको हितमा काम गर्ने अवसर दिन उनले मतदातालाई अपिल गरे ।
४ मंसिरमा सप्तरी २ मा पराजित भएका यादव पाँच महिनालगत्तै फेरि बारा २ बाट १० वैशाखमा हुने उपनिर्वाचन लड्न लागेका हुन् ।