१४ असार २०८३, आइतबार

ललितपुरको गोदावरीमा भीषण आगलागी

ललितपुरको गोदावरीमा भीषण आगलागी
सन्दर्भ तस्बिर

ललितपुरको गोदावरीस्थित वस्ती नजिकैको जंगलका भीषण आगलागी भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित जुरेडाँडामा भएको उक्त आगलागी नियन्त्रणका लागि बिहीबार साँझ सुरक्षाकर्मी र दमकलहरु खटिएका छन् । तर, अवस्था नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

काठमाडौँका उपत्यकाका दर्जनौँ दमकलहरु आगलागी भएको स्थानमा पठाइएपनि भयानक आगलागी भएकाले नियन्त्रणमा लिन नसकिएको प्रहरीको भनाइ छ ।  

हालसम्म वस्तीमा जोखिम नदेखिएपनि सम्भावित दुर्घटना हुनबाट रोक्न सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । सुख्खायाममा जंगलमा आगलागी हुन पुगेको र त्यसले भयानक रुप लिएको प्रहरीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्