
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा माछामासु विक्री वितरण व्यवस्थित गर्ने भएको छ । विराटनगरका विभित्र स्थानमा खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरेको पाइएकाले यसलाई व्यवस्थित गर्न लागिएको हो ।
पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुला रुपमा पशुपक्षीको बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । राजधानीका साथै कोशी प्रदेशको एक मात्र महानगरपालिका भएकाले विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको नगरप्रमुख नागेश कोइरालाले बताए।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले यही वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलमा बाहेक पशुपक्षी बध गर्न निषेध गरिएको बताए ।