सिरिया, १६ भदौ - सिरियाको उत्तरी सहर एलेप्पोमा सात बर्षपछि पुनः विद्युत सेवा सुरु भएको छ ।

द्वन्द्वका कारण विद्युत सेवा अवरुद्ध भएकोमा फेरि सेवा सुरु भएको विद्युत मन्त्री जुहेइर खार्बौट्लीले शुक्रबार घोषणा गरे । एलेप्पोबासीलाई सिरियाका अन्य प्रदेशहरूमा जस्तै क्रमशः सेवा दिन लागिएको उनले बताए ।
विद्युत् सेवा पुनः सुरु गर्न सात अर्ब सिरियाली पाउण्ड खर्च भएको पनि मन्त्री खार्बौट्लीले जानकारी दिए ।
द्वन्द्वको बेलामा बिद्रोहीले विजुलीको तार लगायतका सामग्रीहरूमा क्षति पु¥याएपछि विद्युत सेवा अवरुद्ध भएको खार्बौट्लीले बताए ।