
एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले आठौं सफलता हात पारेको छ ।
४५ औं ओभरमा करन केसीले कलिमुल्लाहको विकेट हात पाएका हुन् ।
यसअघि ४३ औं ओभरमा उनले ६५ रनको पारी खेलेका मोहम्मद नदीमलाई आउट गरेका थिए ।
यससँगै नेपाल जीततर्फ अग्रसर भएको छ । यसअघि सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले एक विकेट लिएका थिए ।
यसै खेलबाट सन्दीप लामिछानेले विश्व कीर्तिमान पनि कायम गरेका छन् । उनी वान डेमा सबैभन्दा छिटो सय रन पूरा गर्ने क्रिकेटर बनेका हुन् ।
सन्दीपले ४२ खेलमा सय विकेट पूरा गरे ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । खानले ४४ खेलमा सय विकेट लिएका थिए ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ओमानले ब्याटिङ गरिरहेको हो ।
यो समाचार तयार पार्दासम्म ओमानले ४५ ओभरमा ८ विकेट गुमाएर २१५ रन जोडेको छ ।