333 shares
राजधानीको टोखामा आगलागी भएको छ । टोखास्थित मिलन टोलमा रहेको एक मासु पसलबाट आगलागी सुरु भएको हो । आगलागी नजिकैको अन्य पसलमा पनि फैलिएको र नियन्त्रणका लागि दमकल परिचालन गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर लिक भएर आगलागी भएको बताइएको छ ।