माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखरी, दह र नदी छेउछाउ बसोबास गर्ने मलाहा बिरालो नेपालमा संकटापन्न वन्यजन्तु मानिन्छ । बासस्थान र आहाराका कारण संकटग्रस्त स्तनधारी जीव मलाहा बिरालो (फिसिङ क्याट) लाई जोगाउन संरक्षणकर्मी चिन्तित छन् ।
यहीँ पानी बिरालो संरक्षण अभियन्ता हुन् संरक्षणकर्मी स्वेच्छा श्रेष्ठ । श्रेष्ठको पानी बिरालोसँग अटुट साइनो गाँसिएको छ । स्न २०१७ बाट यो प्राणीतर्फ स्वेच्छाको अध्ययन र अनुसन्धानमा ध्यान तानिएको छ ।
एउटा परियोजनाले उनलाई बारा जिल्लामा लगेको समयमा सोही क्षेत्रमा ‘फिसिङ क्याट’ पत्ता लागेको थियो । त्यसपछि मलाहा वन्यजन्तुबारे उनमा विशेष रुचि लाग्दै गयो । थप जानकारी बटुल्दै अगाडि बढिन् उनी ।
बिस्तारै मलाहा बिरालोप्रति उनको मोह यति बढ्यो कि वातावरण विज्ञानमा स्नातकोत्तर ३१ वर्षीया स्वेच्छाले ‘फिसिङ क्याट’मै बाराको बोधवनमा बसेर शोधपत्र (थेसिस) गरिन् ।
त्यसयता पानी बिरालो अध्ययन र संरक्षणमा रमाएकी श्रेष्ठलाई रफल्ड फाउन्डेन अन्तर्गतको ग्राण्ड परेपछि यसैको ‘कन्जरभेसन स्टडी’ गरिरहेकी छन् । बाघभन्दा सानो र घरपालुवा बिरालोभन्दा ठूलो मध्यम वर्गमा पर्छ ‘मलाहा बिरालो’ । यो मानव बस्ती नजिकैको जंगलमा बस्ने गर्छ । यसको मुख्य आहार ताल, तलाउ र पोखरीमा माछा शिकार गर्ने भएकाले मलाहा बिरालोलाई ‘फिसिङ क्याट’ भनिएको हो ।
काठमाडौंमा जन्मे–हुर्केकी स्वेच्छाको सानोमा ‘स्टाफ नर्स’ बन्ने सोच थियो । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ की श्रेष्ठले विद्यालय तहको पढाइ युनिर्भसल स्कूलबाट गरिन् । ‘प्लस टु’ जेभिएस इन्टरनेसनल स्कूलबाट सकिन् । स्नातकोत्तर वातावरण विज्ञानमा गोल्डन गेट कलेजबाट पूरा गरिन् ।
उनको संरक्षण अभियानमा परिवारबाट हौसला र सहयोग भइरहेको छ । ४ वर्षअघि विवाह गरेकी श्रेष्ठका पति पर्सन कमचार्य पनि वातावरण संरक्षणको क्षेत्रमा कार्यरत छन् । उनले अहिलेसम्म प्रत्यक्ष आँखाले मलाहा बिरालो देखेकी छैनन् । उनले जडान गरेका क्यामरा ‘ट्रयापिङ’मा देखिएका बिरालो हेरिरहेकी हुन्छिन् ।
‘विश्वमा संकटग्रस्त मानिएको बिरालोको मुख्य खाना माछा भएकाले यसलाई मलाहा बिरालो भनिएको हो,’ स्वेच्छा भन्छिन्, ‘पोखरी, दह र नदी छेउछेउमा बसोबास गर्ने मलाहा बिरालो सामान्य बिरालोभन्दा ठूलो र पाटे बाघभन्दा केही सानो डरलाग्दो देखिन्छ ।’
मलाहा बिरालोको शिकारमा माछा, गंगटो, मुसा, चरा, शंखे किरा र यसले समात्न सक्ने अरु कुनै पनि जीव पर्छन् तर पनि मलाहा बिरालोको मुख्य खाना माछा नै रहेको श्रेष्ठ बताउँछिन् । यसले रातिमा शिकार गर्छ । अहिलेसम्म मलाहा बिरालो तराईका ६ जिल्लामा पत्ता लागेको छ ।
बारा, बर्दिया, चितवन, कपिलवस्तुको जगदीशपुर र कोशीटप्पु वन्यजन्य आरक्षमा मलाहा भेटिएको छ । तराईका जिल्लामा मात्र पाइने मलाहाको संरक्षणमा राज्यको तर्फबाट खासै ध्यान पुग्न सकेको छैन ।
‘इको सिस्टमलाई सन्तुलनमा राख्न यो बिरालोको ठूलो योगदान छ,’ उनी भन्छिन्, ‘राज्यले ठूला जनावर (बाघ, भालु, हात्ती, गैंडा) संरक्षणमा मात्र ध्यान दिँदै लगानी गर्छ तर यस्ता मध्यम र साना खाले वन्यजन्तु संरक्षणतर्फ राज्यले ध्यान नदिँदा संरक्षणकर्मीलाई पनि समस्या भएको छ ।’
हालसम्मका प्रयासबाट समुदाय तथा संस्थाहरू मलाहा संरक्षणप्रति गम्भीर हुँदै गए पनि अहिलेको प्रयास पुग्दो नभएको श्रेष्ठले महसूस गरेकी छन् । ‘मलाहा जोगाउने अभियानलाई व्यापक पार्न संरक्षणमा भइरहेका कामलाई तराईका सबै सिमसार र ताल क्षेत्रमा विस्तार गर्नुपर्ने देखिन्छ,’ उनी थप्छिन् । साना बिरालो प्रजातिमध्ये मलाहा सबैभन्दा बढी जोखिममा छ ।
शहरीकरण, औद्योगिकीकरण, कृषि र माछापालनले गर्दा मलाहाको बासस्थानको नास र खण्डीकरण भएको छ । त्यसैले यसलाई हुने अरू जोखिमहरू शिकार प्रतिशोधमा मारिनु र अवैध आयात पनि रहेको स्वेच्छाको भनाइ छ ।
आईयूसीएमको रातो सूची सन् २०१६ का अनुसार मलाहा बिरालो संवेदनशील अवस्थामा रहेको छ । मलाहा बिरालो साइटिसको अनुसूची–२ मा पर्छ । मलाहा बिरालो भारतको पश्चिम बंगाल प्रदेशको प्रदेश जनावर हो । मलाहा बिलारोको भाले पौडीबाज हुन्छन् । पौडी खेल्न सक्ने विशेष क्षमता भएर यो बिरालोले माछा मात्र मारेर खाने नभइन सर्प, चरा, भ्यागुतो, जलचरा पानीमुनि गएर शिकार गर्छ ।
नेपालमा पाइने १२ बिरालो प्रजातिका वन्यजन्तुको सूचीमा मलाहालाई समावेश गरिएको छैन । यद्यपि संकटापन्न अवस्थामा अनुसूचित गरिएको छ ।
उनी अहिले अध्ययन क्षेत्र कपिलवस्तुको जगदिशपुर ताल वरपर पाइने मलाहा बिरालोको अध्ययनमा छिन् । जगदिशपुरमा सन् २०१६ मा मलाहा भेटिएको थियो । उनी त्यहाँ बेलाबेला पुग्छिन् । समुदायलाई मलाहालाई संरक्षण गर्न स्थानीयवासीलाई सचेतना दिँदै आएकी छन् । यसैमा रही विभिन्न रिसर्च बेसमा लेखहरू प्रकाशित गरेकी छन् ।
हालै उनले मलाहा संरक्षणका लागि बालबच्चाका लागि बिना र पुन्टी पुस्तक पनि प्रकाशित गरेकी छन् । संरक्षणका लागि तयार पारिएको डकुमेन्ट्री यूट्युबमा पनि हेर्न सकिने उनको भनाइ छ ।
‘कपिलवस्तुका ताल वरपरका २० वटाभन्दा बढी विद्यालयमा पुगेर अहिले ‘फिसिङ क्याट’ संरक्षणको क्लास पनि दिएर आएँ,’ उनी भन्छिन्, ‘सन् २०२१ मा कपिलवस्तुकै १० जना युवाहरूलाई फिसिङ क्याट संरक्षणका लागि काठमाडौंमा ल्याएर विभिन्न तालिममा सहभागी पनि गराएँ ।’
उनी कपिलवस्तु आउनुअघि मलाहा संरक्षणमा चासो राख्ने स्थानीयको संख्या कम थियो । उनले संरक्षणको आवाज उठाउन थालेपछि संरक्षण र उनीसँग सहकार्य गर्न उत्साहित देखिएका छन् । ‘स्थानीय स्तरसँगै विद्यालयमा छलफल तथा अन्तर्क्रिया गराउन थालेपछि स्थानीय स्तरमा सर्वसाधारणको जागरुकता मलाहाको अध्ययनमा पनि रुचि देखाएका छन्,’ स्वेच्छाले भनिन् ।
आफ्नो वन्यजन्तु संरक्षणको यात्रा सम्झिँदा श्रेष्ठ रोमाञ्चित हुन्छिन् । दृढ संकल्प गर्ने हो भने जुनसुकै क्षेत्रमा पनि विज्ञता हासिल गर्न सकिने स्वेच्छालाई लाग्छ । आफ्नो उपलब्धिलाई उनी सामूहिक प्रयासको परिणाम ठान्छिन् ।
‘मैले अध्ययनमा धेरै महत्त्व दिएर रुचि राखें, सबै क्षेत्रबाट साथ र सहयोग मिल्यो र यहाँसम्म आउन सकें,’ उनी भन्छिन्, ‘इच्छाशक्ति र दृढता आफ्नो मेरो सफलताको बलियो आधार रहेको ठानेकी छु ।’ उनले जनस्तरमा संरक्षण सम्बन्धी तालिम पनि दिने गर्छिन् । ‘संकटमा पानी बिरालो परेको छ तर संरक्षणमा राज्यको चासो छैन,’ उनले भनिन् ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...