२९ असार २०८३, सोमबार

सहुलियत दरको ऋण प्राप्त गर्न केही सहज

कात्तिक २०, २०७४
सहुलियत दरको ऋण प्राप्त गर्न केही सहज
काठमाडौँ, १७ भदौ - भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले नेपाललाई उपलब्ध गराउने सहुलियत दरको ऋण प्राप्त गर्न राष्ट्रिय पुनःनिर्माणलाई केही सहज भएको छ । सहुलियत ऋणको लागि आवश्यक प्रक्रिया पूरा गर्न नसकेको कारण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रकम प्राप्त हुन सकिरहेको थिएन । भारत सरकारले भूकम्पपछि पुनःनिर्माणको लागि नेपाललाई ७५ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो, गोरखापत्रमा खबर छ ।nepal-money
भारतको लाइन अफ क्रेडिट (एलओसी)को एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैङ्कको आवश्यक प्रक्रियाबारे नबुझ्दा उक्त रकम प्राप्त भइरहेको थिएन । अब भने एक्जिम बैङ्कका प्रतिनिधिहरूले नै नेपाल आएर उक्त सहुलियत ऋणको लागि अपनाउनुपर्ने प्रक्रिया, त्यसका शर्तहरूबारे जानकारी दिइसकेका आगामी दिनमा समस्या आउँदैन । उक्त रकम प्राधिकरणले प्राप्त गर्छ –राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भने

salt training

कमेन्ट गर्नुहोस्