
आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको शव प्रदर्शनका क्रममा फेरि विराटनगरमा झडप भएको छ ।
शनिबार पहिचानवादी र प्रहरीबीच झडप भएको हो । लिम्बू कोशी नामाकरण खारेजीको आन्दोलनका क्रममा मारिएका थिए ।
गत चैत ५ गते भएको झडपमा घाइते भएपछि १० चैतमा उनको निधन भएको थियो ।
तर पहिचानवादीले प्रदेशको नाम कोशी खारेज नभएसम्म शव नउठाउने अडानमा बस्दै आएका थिए । एक महिनापछि विभिन्न पक्षबीच भएको छलफल क्रममा उनीहरू शवको अन्तेष्टि गर्न तयार भए पनि विराटनगरमा शनिबार पनि झडप भएको हो ।
झडपपछि प्रहरीले अश्रुग्यास लाठी प्रहार गरेको छ ।
धरानबाट श्रद्धाञ्जलीका लागि लिम्बूको शव विराटनगर ल्याउने क्रममा झडप भएको हो ।