११ साउन २०८३, सोमबार
एमालेलाई झड्का

गण्डकी प्रदेशमा ढल्यो एमालेको सरकार

गण्डकी प्रदेशमा ढल्यो एमालेको सरकार

मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ । शनिवार प्रदेश सभामा भएको मतविभाजनमा अधिकारी अल्पमतमा परेका हुन् ।  सरकारलाई समर्थन गरेको दल माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिवार दोहोर्‍याएर विश्वासको मत लिएका थिए । जसअनुसार प्रदेशसभामा मतविभाजन हुँदा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्‍यो ।

६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक थियो । गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही महिनाको २९ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्रीले विश्वास गुमाएसँगै गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।     

salt training

कमेन्ट गर्नुहोस्