०४ साउन २०८३, सोमबार

पाल्पामा बस दुर्घटना

बैशाख १०, २०८०
पाल्पामा बस दुर्घटना

बुटवलबाट बाग्लुङ जाँदै गरेको बस आइतबार बिहान पाल्पामा दुघटनाग्रस्त भएको छ ।

लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारानजिकै दुर्घटना भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले लोकान्तरलाई जानकारी दिए । 

‘बस दुर्घटना भएको जानकारी पाएपछि रेस्क्युको लागि प्रहरी पुगिसकेको छ । केही घाइतेलाई उद्दार गरी लुम्बिनीमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा सेना पनि पुग्दैछ,’ प्रजिअ बास्ताोला भने ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।

 

salt training

कमेन्ट गर्नुहोस्