११ साउन २०८३, सोमबार
बस दुर्घटना

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, गम्भीर घाइतेलाई बुटवल पठाइयो

बैशाख १०, २०८०
पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, गम्भीर घाइतेलाई बुटवल पठाइयो

बुटवलबाट बाग्लुङको हटियातर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान सवा ९ बजेतिर लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारानजिकै दुर्घटनामा परेको हो ।

घटनास्थलमा पुगेकी तिनाउँ गाउँपालिका वडा नम्बर ५ की वडाध्यक्ष इन्द्रकुमारी चिदीले हालसम्म एक महिला यात्रुको शव फेला परेको जानकारी दिइन् ।

'एकजना महिलाको मृत्यु भएको छ । अधिकांश घाइतेहरूको अवस्था गम्भीर छ,' उनले लोकान्तरसँग भनिन्, 'घाइते सबैको उद्धार जारी छ । उद्धार गरिएकाहरूलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको छ ।' 

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पनि घटनास्थलमा उद्धारको काम जारी रहेको बताए ।

‘बस दुर्घटना भएको जानकारी पाएपछि रेस्क्युका लागि प्रहरी पुगिसकेको छ । केही घाइतेलाई उद्दार गरी उपचारका लागि लुम्बिनी पठाइएको । घटनास्थलमा सेना पनि पुग्दैछ,’ प्रजिअ बास्तोलाले लोकान्तरसँग भने ।
 

salt training

कमेन्ट गर्नुहोस्