१० साउन २०८३, आइतबार

भारतसँग युद्ध हुन सक्ने पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफको दाबी

बैशाख १०, २०८०
भारतसँग युद्ध हुन सक्ने पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफको दाबी

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्ध हुन सक्ने भएकाले पञ्जाबमा चुनाव गर्न ढिलाइ गरेको बताएका छन् । 

उनले भने, ‘पञ्जाब प्रान्तमा चुनाव भएमा देशमा अस्थिरता बढ्छ । त्यसबाट भारतले जल विवाद र जातीय विवाद लगायतका विषयमा फाइदा लिन पाउँछ ।’

पाकिस्तान सरकारले त्यहाँको सर्वोच्च अदालतमा बुझाएको एक प्रतिवेदनअनुसार, पाकिस्तान ग्लोबल ग्रेट गेमको शिकार बन्नेछ । त्यसमा भारतको महत्त्वपूर्ण भूमिका छ । 

पाकिस्तान अहिले सीमापार आतंकवाद, अस्थिरता, भारतीय जासूसी निकाय रअ तथा युद्धको जोखिमको सामना गरिरहेको छ । यस्तोमा चुनाव गर्नु देशहितमा हुने छैन । 

पाकिस्तानमा पञ्जाब चुनावका विषयमा लामो समयदेखि विवाद चलिरहेको छ । शहबाज शरीफको सरकार अक्टोबरसम्म चुनाव नहोस् भन्ने चाहन्छ भने पूर्व प्रधानमन्त्री इमरान खान छिटो मतदान गराउनुपर्ने पक्षमा छन् । 

यो मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । अदालतले मे महिनाभित्र चुनाव गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । 

तर सरकारले अदालतको आदेश मानेन अनि अक्टोबरमा चुनाव गराउन दिनुपर्ने निवेदन गर्‍यो । अहिले अदालतले त्यसमा सुनुवाइ गरिरहेको छ । 

सुनुवाइका क्रममा सरकारले भारतसँग युद्धको आशंकाका बीच तत्काल चुनाव गराउन नहुने जिकिर लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्