१३ असार २०८३, शनिबार

कीर्तिपुरमा सिंगापुरविरुद्ध युएईको सनसनीपूर्ण प्रदर्शन : २६ छक्का र ४१ चौकाकाे वर्षा

बैशाख १०, २०८०
कीर्तिपुरमा सिंगापुरविरुद्ध युएईको सनसनीपूर्ण प्रदर्शन : २६ छक्का र ४१ चौकाकाे वर्षा

 एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह बीमा युएईले सिंगापुरविरुद्ध विशाल चुनौती पेश गरेको छ । कप्तान मोहम्मद वासिम र भृत्य अरविन्दको शानदार शतक मद्दतामा युएईले ४७२ रनको विशाल लक्ष्य दिएको हो ।

५० ओभरमा पूरै १० विकेट गुमाएर युएईले ४७१ रन जोड्यो ।  वासिमले ८२ बलमा आक्रामक रुपमा १६० रन बनाए ।  यस क्रममा उनले १६ छक्का र ९ वटा चौका प्रहार गरेका छन् ।

अरविन्दले पनि १३३ बलमा १७४ रनको शानदार पारी खेले । उनले १७ चौका र सात छक्का प्रहार गरे । 

आयान खानले पनि अर्धशतकीय पारी खेले । उनले ५० बलमा ७४ रन बनाए । 

खेलमा छक्का र चौकाको वर्षात् नै भएको छ । 

खेलमा युएईले २६ छक्का र ४१ चौका प्रहार गरेकाे छ । 

पछिल्ला ५ ओभरमा मात्रै युएईलेले ५ विकेट गुमाउँदा ७१ रन जोड्यो । 


 

salt training

कमेन्ट गर्नुहोस्