२५ असार २०८३, बिहीबार

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

बैशाख ११, २०८०
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरू सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन् । उनीहरू हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्