२८ जेठ २०८३, बिहीबार

पीडित पक्षको निवेदनले सन्दीपको मुद्दामा आज पनि अन्तिम सुनुवाइको सम्भावना कम

बैशाख ११, २०८०
पीडित पक्षको निवेदनले सन्दीपको मुद्दामा आज पनि अन्तिम सुनुवाइको सम्भावना कम

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि अन्तिम सुनुवाइ शुरू हुने सम्भावना कम बनेको छ ।

अझै एक जनाको बकपत्र बाँकी रहेको भन्दै पीडित पक्षले निवेदन दिएपछि सुनुवाइको सम्भावना कम बनेको हो ।

पीडितकी एक साथी अमेरिका गइसकेकाले उतैबाट भए पनि उसको बकपत्र गराउन माग गर्दै निवेदन परेको हो ।

भर्चुअल माध्यमबाट भए पनि बकपत्र गराउनुपर्ने उनीहरूको माग छ ।

‘खाजा ब्रेकभन्दा अगाडिका लागि सुनुवाइ रोकिएको छ । पीडित पक्षले एक जनाको बकपत्र बाँकी रहेको भन्दै निवेदन दिनुभएको छ,’ सन्दीप पक्षका अधिवक्ता मुरारी सापकोटाले भने, ‘अब ब्रेकपछि श्रीमानले के निर्णय गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ ।’

कानूनमा अनलाइन माध्यमबाट बकपत्र गर्न सक्ने व्यवस्था भएकाले अनलाइनबाटै भए पनि बकपत्र गर्नुपर्ने मागसहित निवेदन परेको हो ।

लामिछानेमाथि नाबालिक बलात्कारको अभियोग छ ।

salt training

कमेन्ट गर्नुहोस्