२३ असार २०८३, मंगलबार
उपनिर्वाचन

तनहुँमा स्वर्णिमको मत १५ हजार पुग्यो, प्रमुख ३ उम्मेदवार ५/५ हजारको अन्तरमा

बैशाख ११, २०८०
तनहुँमा स्वर्णिमको मत १५ हजार पुग्यो, प्रमुख ३ उम्मेदवार ५/५ हजारको अन्तरमा

तनहुँ- १ मा तीन प्रमुख प्रतिस्पर्धी पार्टीका उम्मेदवारबीचको मतान्तर पाँच/पाँच हजार हाराहारीमा देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच करिब पाँच/पाँच हजारको मतान्तर देखिएको हो । 

रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् ।

कांग्रेसका गोविन्द भट्टराईले नौ हजार १२३ मत प्राप्त गरेर वाग्लेलाई पछ्याइरहेका छन् भने एमालेका सर्वेन्द्र खनालले पाँच हजार १६६ मत ल्याएर तेस्रोमा छन् । 

तीन उम्मेदवारबीच झण्डै पाँच हजारको मतान्तर छ । तनहुँमा ६३ हजार ७५७ मत खसेकोमा आधा जति गणना भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्