३० जेठ २०८३, शनिबार

११ वर्षीय प्रिन्सलाई ‘बाल सामाजिक अभियन्ता सम्मान’ प्रदान

बैशाख ११, २०८०
११ वर्षीय प्रिन्सलाई ‘बाल सामाजिक अभियन्ता सम्मान’ प्रदान

बहुप्रतिभाशाली बालकलाकार प्रिन्स प्रसिद सिंह थापा सम्मानित भएका छन् । 

राजधानीमा सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२३’मा उनलाई ‘बाल सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको हो ।

समाज र बालिबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कार्यक्रमका प्रमुख अतिथि रहेका परराष्ट्रमन्त्री एनपी साउदको हातबाट ११ वर्षीय प्रिन्सलाई सम्मान गरिएको हो । 

प्रिन्स फाउन्डेसनमार्फत प्रिन्सले बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन् । विभिन्न विधामा अब्बल उनले बाल कलाकार, दर्जन भन्दामाथि राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रम प्रस्तोताको रुपमा समेत आफ्नो परिचय बनाएका छन । कुशल नृत्यकारसमेत रहेका उनी देश तथा विदेश पनि गएर आफ्नो प्रस्तुति दिइसकेका छन् । 

७ वर्षको उमेरदेखि नै उनले विभिन्न कार्यक्रम प्रदर्शनबाट पाएको पारिश्रमिक एवं आफ्नै मिहिनेतले आर्जन गरेको रकमबाट सडक बालबालिका, बाल आश्रम, वृद्धाश्रमहरुमा सहयोग गर्नुका साथै नेपालका ग्रामीण भेगमा रहेका शिक्षाबाट वञ्चित बालबालिकाहरूका लागि आवश्यकता अनुसारको शैक्षिक सामग्रीहरू वितरण गर्दै आएका छन् ।

एकल आमाहरूबाट हुर्किरहेका बालबालिकाहरू र असहाय बालबालिकाहरूलाई प्रत्यक्ष रुपमा सहयोग समेत गर्दै आएका छन ।

अहिलेसम्म कसैबाट सहयोग नलिएको बताउने प्रिन्स भविष्यमा पनि कसैबाट पनि सहयोग नलिई आफूले सक्ने जति आफ्नै एकल कमाइबाट नै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । केही ठूलो पर्दाको फिल्म, २ दर्जन भन्दा बढी म्युजिक भिडियो, २ दर्जन भन्दाबढी विज्ञापन, केही लघु फिल्ममा समेत उनले अभिनय गरिसकेका छन् । प्रिन्स अहिले कक्षा ७ मा अध्ययनरत छन् । उक्त अवार्ड कार्यक्रममा वरिष्ठ अभिनेत्रीहरू चैत्यदेवीसिंह, भुवन चन्द र बसुन्धरा भुसालको पनि उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्