
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रतालाई थप बलियो बनाउँदै लगेका छन् ।
इच्छाकामना १,२,३,४ र ५ को गणना सकिँदा रास्वपाका रविले ३ हजार १६६ मत प्राप्त गरेका छन् ।
एमालेका रामप्रसाद न्यौपानेले १ हजार ७१६ मत ल्याएका छन् । यो रविको भन्दा १४५० भन्दा कम मत हो ।
कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले १ हजार २४१ मत ल्याएका छन् ।
इच्छाकामना गाउँपालिका २ मा रास्वपाले ३३६, एमाले ४६८, कांग्रेस २०६ मत ल्याएका छन् । वडा नम्बर ४ मा रास्वपा ८४०, एमाले २९४, र काँग्रेसले २३६ मत ल्याएका छन् ।
इच्छाकामना ५ मा रास्वपाले ८३४, एमालेले २८९ र काँग्रेसले २१० मत ल्याएका छन् । इच्छाकामना ३ मा रास्वपा ८३८, एमाले २९८ र काँग्रेसले ३४४ मत आएको छ । यस्तै इच्छाकामना १ मा रास्वपाले ३१९, एमालेले ३६७ काँग्रेसले २४४ मत ल्याएका छन् । इच्छाकामनामा ९ हजार ४४४ मत खसेको थियो ।