२२ जेठ २०८३, शुक्रबार

उद्योग वाणिज्य महासंघमा स्थायी समिति गठन

बैशाख ११, २०८०
उद्योग वाणिज्य महासंघमा स्थायी समिति गठन

नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता समिति गठन गरेको छ ।

महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार उक्त समिति गठन भएको महासंघले जानकारी दिएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको महासंघले जानकारी दिएको छ ।

स्थायी समितिका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरू छन् ।

सदस्यता समितिका सदस्यहरूमा महासंघका तीन जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ ।          
 

salt training

कमेन्ट गर्नुहोस्