
बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।
मंगलवार बिहानसम्मको मतगणनामा उपेन्द्रले ८ हजार ८८१ मत पाउँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार १७९ मत पाएका छन् ।
उपेन्द्र २ हजार ७०२ मतले अगाडि देखिएका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ५३८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेशप्रसाद खरेलले १ हजार १६७ मत पाएका छन् ।