
चितवन क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । मंगलबार बिहान साढे ६ बजेको अध्यावधिक विवरणअनुसार कुल ५६ हजार ५०० मतपत्र खनिएको छ ।
जसमा रास्वपाका उम्मेदवार रवि लामिछानेले ४० हजार मत कटाएका छन् ।
रविले ४० हजार ६९ मत पाउँदा कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ३५७ मत पाएका छन् । यस्तै एमालेका रामप्रसाद न्यौपानेले यस्तै ७ हजार २६७ मत पाएका छन् ।