३१ असार २०८३, बुधबार

चरा ठोकिएको पुष्टि नभएको भन्दै मन्त्रीले लेखे– गाईभैँसीभन्दा जहाजको गोठालो लाग्न गाह्रो !

बैशाख १२, २०८०
चरा ठोकिएको पुष्टि नभएको भन्दै मन्त्रीले लेखे– गाईभैँसीभन्दा जहाजको गोठालो लाग्न गाह्रो !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोकिएको विषय पुष्टि नभएको बताएका छन् ।

जहाज सञ्चालक वायुसेवा कम्पनी फ्लाई दुबईले जहाजमा चरा ठोकिएको दाबी गरेको भए पनि मन्त्री किरातीले मंगलवार सामाजिक सञ्जालमार्फत् चरा ठोकिएको विषय पुष्टि नभएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘गाउँमा गाईभैँसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाईभैँसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ । र, जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’

नकरात्मक हल्ला गर्ने बानी छाड्नका लागि पनि उनले आग्रह गरेका छन् । ‘कागले कान लग्यो भनेर कागलाई खेद्नुभन्दा पहिला आफ्नो कान छाम्नु पर्छ, नत्र लडिन्छ,’ उनले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्