०७ साउन २०८३, बिहीबार

रविको उद्‌घोष : पाँच वर्षमा बहुमतको सरकार बनाउँछौं, वडा र पालिकामा घण्टी बजाउँछौं

बैशाख १२, २०८०
रविको उद्‌घोष : पाँच वर्षमा बहुमतको सरकार बनाउँछौं, वडा र पालिकामा घण्टी बजाउँछौं

चितवन २ को उपनिर्वाचनमा जितेका रवि लामिछानेले अबको ५ वर्षपछि आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार बनाउने बताएका छन् । चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले ५ वर्षपछि आफ्नै दलको नेतृतवमा बहुमतको सरकार बनाउने बताएका हुन् । 

‘हामी नगारिकका समस्यालाई समाधान गर्न चाहन्छौं । तपाईंहरूको सुन्दर भविष्य कोर्न काम गर्न चाहन्छौं’ रविले भनेका छन्, ‘५ वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने ठूलो रास्वपालाई ठूलो पार्टी बनाउनेछौं । अब घण्टी, वडा वडा पािलका पालिकाका पुग्दैछ । तयार हुनुहोला ।’ 

आफूहरूबाट नगारिकले सबैभन्दा बढी सुशासन खोजेको भन्दै भ्रष्टाचारीलाई नंग्याउने उनले बताए । नागरिकले दिएको सम्मानपूर्वक मतको सम्मान गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्