०८ साउन २०८३, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत

बैशाख १३, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ ।

निर्वाचनमा कूल सदर मतको १०% मत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । 

उपनिर्वाचनमा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएका छन् । जमानत जोगाउन ६ हजार ८२० मत चाहिन्थ्यो । तर रास्वपा उम्मेदवार खरेलले २ हजार ८२९ मत मात्रै पाएका छन् । यससँगै खरेलको जमानत जफत भएको छ ।

बारा उपनिर्वाचनमा खरेलसँगै अन्य ३१ उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

उपनिर्वाचन भएका तनहुँ र चितवनमा रास्वपाले सानदार जीत हात पारेको बेला बारामा भने जमानत जफत भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्