२६ असार २०८३, शुक्रबार

निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो हुँदैन : लिङ्देन

बैशाख १४, २०८०
निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो हुँदैन : लिङ्देन

मुलुकको अर्थतन्त्रको सुधारका लागि चालिनुपर्ने कदमका विषयमा नेपाल उद्योग परिसङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेको छ । अर्थतन्त्र सुधारका लागि राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको परिसङ्घले आज राप्रपाका सांसद् र पदाधिकारीसँग भेट गरेको हो । 

छलफलमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीको मनोबल घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए । लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएकाले यसमा सुधार आवश्यक रहेको उनले बताए ।

   राप्रपाका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म रोजगारी नबढ्ने, अर्थतन्त्र बलियो हुँदैन भन्नेमा पार्टी स्पष्ट रहेको बताए। उनले अर्थतन्त्र सुधारका लागि स्पष्ट दृृष्टिकोण एवं सुझावका लागि परिसङ्घलाई धन्यवाद दिए । सांसदहरुले उच्च ब्याजदर, अर्थतन्त्र शिथिल, मागमा आएको सङ्कुचनको कारणबारे जिज्ञासा राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्