२३ असार २०८३, मंगलबार

उद्योग विभागका दुई कर्मचारी घुससहित पक्राउ

बैशाख १४, २०८०
उद्योग विभागका दुई कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उद्योग विभागमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले बिहीबार शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।  

औद्यागिक सम्पत्ति शाखामा कार्यरत उनीहरुले ट्रेडमार्कमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधार खटिएको टोलीले घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्