२३ जेठ २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा परिन् अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, नर्भिकमा भर्ना

बैशाख १५, २०८०
मोटरसाइकल दुर्घटनामा परिन् अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, नर्भिकमा भर्ना

प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह मोटरसाइकल दुर्घटनामा परेकी छन् ।

शुक्रवार बिहान करीब साढे १० बजे कोटेश्वरमा भएको दुर्घटनामा परी सिंह घाइते भएकी हुन् ।

'ठूलो क्षति हुनबाट धन्य बचियो । आज बिहान ठीक १०:३० बजेको समयमा काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटनाबाट घाइते प्रिय जीवनसाथी पञ्चा सिंहको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु । स्वास्थ्यमा क्रमिक सुधार हुँदै,' उनका पति केशव शाहीले फेसबूकमा लेखेका छन् ।'

उनको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्