२९ जेठ २०८३, शुक्रबार

रुसले शुक्रवार बिहान गरेको आक्रमणमा १२ युक्रेनीको मृत्यु

बैशाख १५, २०८०
रुसले शुक्रवार बिहान गरेको आक्रमणमा १२ युक्रेनीको मृत्यु

रुसले शुक्रवार बिहान युक्रेनका विभिन्न शहरमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । 

‘सुतिरहेका निर्दोष युक्रेनीहरूलाई क्षेप्यास्त्र प्रहार गरी मारेर रुसले शान्ति पहलमा प्रतिक्रिया दिएको छ,’ युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले ट्वीट गरी बताए । 

रुसले गत जाडो महिनामा युक्रेनका शहर र पूर्वाधारमा लगातार बम आक्रमण गरेको भए पनि यी आक्रमणहरू हालैका महिनामा भएका थिएनन् । 

राजधानी किएभमा क्षेप्यास्त्र आक्रमण नगरिएको ५० दिन भइसकेको थियो । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पछिल्लो आक्रमणको निन्दा गरेका छन् र रुसी आतंकको जवाफ फर्काउने बताएका छन् ।

अहिले रुसी र युक्रेनी सैनिकहरूबीच बाखमुत शहरमा लडाइँ चलिरहेको छ । लडाइँमा उक्त शहर पूरै ध्वस्त भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्