३० असार २०८३, मंगलबार

एमाले सचिव योगेश भट्टराईले रवि लामिछानेलाई भने – हामीसँगै आउनुस्

बैशाख १५, २०८०
एमाले सचिव योगेश भट्टराईले रवि लामिछानेलाई भने – हामीसँगै आउनुस्

एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूहरूसँगै उभिन आग्रह गरेका छन् । 

एमालेले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले हामीले सरकार छोड्दा तपाईंहरूले किन नछोडेको ? भन्दै प्रश्न गरेका हुन् ।  

एमाले सरकार बनाउने गिराउने चक्करमा छैन भनेर महासचिवले ‘रविजीले के निर्णय गर्नुहुन्छ यो उहाँको कुरा हो । सरकार छोड्ने भए प्रतिपक्षी बेन्चमासँगै बसौं स्वगत छ’ भट्टराईले भने, ‘पुस १० मा बनेको सहमतिलाई प्रचण्डले नमान्दा हामीले सरकार छोड्यौं तर तर रविजी किन बसिरहेको ? रविजीमाथि पनि प्रश्न छन् ।’ 

बलियो प्रतिपक्षी चाहिएको भन्दै रास्वपालाई प्रतिपक्षी कित्तामा आउन पनि उनले आग्रह गरे । ‘रविजी किन फिर्ता हुनुभयो । आउनुस् हामी बलियो प्रतिपक्षी बनौं’ योगेशले भने, ‘प्रतिपक्षी बेन्चमा बसौं । प्रतिपक्षी बेन्च उहाँहरू पनि थपिए अझै बलियो होला ।’ 

उपनिर्वाचन भएका चितवन, तनहुँ र बारालाई हेरेर एक करोड बढी मतदाताको मनोविज्ञान यही हो भनेर भन्न नमिल्ने पनि उनको भनाई थियो ।

salt training

कमेन्ट गर्नुहोस्