
नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर शुक्रवार प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ । सभामुख कोइरीको अनुपस्थितिलाई सभामुख घिमिरेले विरामी परेको भनेर सूचना सुनाएपछि बैठकमा हंगामा भएको हो ।
सभामुखले कोइरीलाई विरामी भनेलगत्तै कांग्रेस, माओवादी र रास्वपाका सांसदले उठेर विरोध जनाएका थिए । रास्वपा सभापति रवि लामिछानेले फरार अभियुक्तलाई विरामी करार गर्ने कुरा मान्य नहुने बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माअोवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि विरोध जनाए । संसदमा तीन दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
एमालेका कोइरीले महोत्तरी १ बाट माओवादी नेता गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए ।
सशस्त्र प्रहरी असइ थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिए पनि उनी उनी फरार छन् ।