
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनबाट बुटवलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै उनले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा पुगेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको काँधमा आएको बताए । प्रदेशको स्थायित्व र विकासलाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
राजधानी घोषणादेखि कार्यान्वयनमा सँगसँगै रहेको जानकारी दिँदै उनले अघिल्लो सरकारले गरेका राजधानी कार्यान्वयन र पूर्वाधार निर्माणको कामलाई वर्तमान सरकारले निरन्तरता दिने बताए ।