
प्रधानन्यायाधीश नियुक्तिको माग राख्दै नेपाल बार एशोसिएशनले बैशाख १७ गतेदेखि दबाबमूलक अभियान संचालन गर्ने भएको छ ।
नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालद्वारा जारी विज्ञप्तिमा बैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उल्लेख छ ।
प्रधानन्यायाधीशको नियुक्ति नहुँदा समग्र न्यायपालिका नेतृत्वविहीन बन्न पुगेको र न्यायपालिकाप्रतिको जनआस्था खस्किँदो अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
