०२ साउन २०८३, शनिबार

बुध्दले थप्यो १५ औं एटीआर–७२ जहाज धनगढी, सुर्खेत

बैशाख १५, २०८०
बुध्दले थप्यो १५ औं एटीआर–७२ जहाज  धनगढी, सुर्खेत

बुध्द एयरले शुक्रबार साँझ १५ औं एटीआर–७२ जहाज भित्र्याएको छ । बुध्द नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई १ महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाईभाडादर पनि स्वतः सस्तो र सहज हुन्छ । त्यही अनुरुप बुध्द एयरले ७२ सिटे जहाज भित्र्याएको हो । 

यससँगै बुध्द एयरको जहाज संख्या १५ पुगेको छ । जसअनुसार १२ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ रहेको छ । यसअघि बुध्द एयरसँग रहेको २ वटा बिचएयरक्राफ्ट क्यानाडाका कम्पनीलाई बेचेको थियो ।

नेपाली यात्रुहरुका लागि पनि बुध्द एयरले हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप कार्य गर्दै आएको छ । सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्छन् । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले जुन १५ मा थप अर्को नयाँ जहाज आउने बताए ।

उनका अनुसार अब धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना रहेको छ । हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ । यसैगरि तुम्लिङटारमा एटीआर–७२ जहाजबाट उडान भर्ने पनि योजना रहेको छ ।
बुध्द एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ । हाल पोखराबाट नेपालगञ्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ । अबको केही समयपछि भद्रपुर र विराटनगरबाट ‘प्राईम टाइम’मा पोखराको उडान भर्ने योजना रहेको बुध्द एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्