×

NMB BANK
NIC ASIA

नेतृत्वमा महिला

दोहोरी साँझदेखि दोहोरी गीत प्रतिष्ठानको पहिलो महिला अध्यक्षसम्म

बैशाख १६, २०८०

NTC
Premier Steels

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पहिलो महिला अध्यक्ष हुन् रिता थापा मगर । गत फागुनमा भएको प्रतिष्ठानको केन्द्रीय महाधिवेशनबाट उनी लोक तथा दोहोरी गीतसँग सम्बन्धित २५ हजार बढी कलाकार सदस्य रहेको संस्थाको नेतृत्वमा पुगेकी छन् । 

Muktinath Bank

संख्यात्मक हिसाबले रिताका गीतहरू धेरै छैनन् । कतिपय स्रोता एवं दर्शकलाई उनका गीतहरू ठ्याक्कै याद नहुन पनि सक्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर रिता ती गायिका हुन्, जसले देश तथा विदेशका दर्जनौं स्टेज कार्यक्रममा पुगेर आफ्नो सांगीतिक प्रस्तुति दिइसकेकी छन् । कुनै बखत विशेषगरी प्रत्यक्ष दोहोरी प्रतियोगितामा निकै चल्तापुर्जा थिइन् उनी ।


Advertisment
Nabil box
Kumari

गृहजिल्ला धादिङबाट काठमाडौं आएर संगीत विषयमा आईएसम्मको अध्ययन पूरा गरेपछि उनी दोहोरी साँझमा गाउन पुगेकी थिइन् । 

Vianet communication

उसो त जिल्लामै हुँदा स्कूल तथा टोलछिमेकका कार्यक्रममा गीत गुनगुनाउने गर्थिन् । गायिका बन्ने आफ्नो बाल्यकालदेखिकै रहर भएका कारण उनी सोही रहर पूरा गर्न सहज हुने सोचेर एसएलसीपछि काठमाडौं आएकी थिइन् ।

उनले दोहोरी साँझमा काम शुरू गर्दाको माहोल यस्तो थियो, जतिबेला राष्ट्रिय स्तरका प्रत्यक्ष दोहोरी प्रतियोगिताहरू एकदमै धेरै हुन्थे । राजधानीमा दोहोरी साँझ व्यवसाय पनि फस्टाउने क्रममा थियो । यो २०५९ सालतिरको कुरा हो । रिताले दोहोरी साँझमा गायक पशुपति शर्मासँग जोडी बनेर गीत गाउँथिन् । 

अहिलेका चर्चित गायक पशुपति त्यसबेला लोकदोहोरी क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेका थिए । सरल र शिष्ट बोली व्यवहार भएकी रिता त्यसबेला दोहोरीका शब्द चयनमा अलि लजाउने रहिछन् । 

त्यसबेला पशुपतिले भनेका रहेछन्, ‘रिता, दोहोरी गायिका बन्ने इच्छा बोक्नुभएको छ भने दोहोरी गाउँदा लजाउनु हुँदैन । नलजाई गाउनुहोस्, तपाईंको भविष्य एकदमै राम्रो देखेको छु ।’ 

पशुपति र रिता जोडी बनेर केही राष्ट्रिय स्तरका दोहोरी प्रतियोगिताहरूमा भाग लिए । जसमध्ये अधिकांशमा उनीहरूले प्रथम स्थान हासिल गर्थे । उनीहरूको दोहोरी प्रस्तुतिको चर्चा देशमा मात्र नभई विदेशमा रहेका नेपालीहरूमाझ समेत बढ्दै गइरहेको थियो ।

क्रमशः विदेशका स्टेज कार्यक्रममा प्रस्तुतिका लागि समेत रिताको ‘डिमाण्ड’ हुन थाल्यो । नेपालमा त्यतिबेला यूट्युबको ट्रेन्ड व्यापक नभए पनि विदेशमा यूट्युब छाइसकेको थियो ।

null

‘एल्बम निस्किसकेको थिएन तर मैले विदेश यात्रा गर्ने अवसर पाइसकेकी थिएँ,’ रिता सम्झिन्छिन्, ‘२०६०/६१ सालतिरबाट विदेश यात्रा शुरू गरेकी थिएँ ।’ 

थुप्रै देशमा पुगेर रिताले सांगीतिक प्रस्तुति दिएकी छन् । त्यहाँका कतिपय कार्यक्रमका भिडियोहरू अहिले पनि यूट्युबमा समेत हेर्न सकिन्छ । 

‘मलेवा सरर’ रिताको शुरूआती चर्चित गीत हो । त्यसपश्चात उनले पशुपति शर्मासँग गाएको ‘रोइला दोहोरी’, ‘एउटा सुन्दर बर मागेको छु’, कुमार पुनसँग गाएको सालैजो, शिरीष देवकोटासँग गाएको गीत ‘चाँचर’, राजु परियारसँग गाएको ‘बुढेसकालमा’ इत्यादि पनि रुचाइएका गीतहरू हुन् । 

रिताले डेढ दशकअघि गायनलाई केही समयका लागि ‘ब्रेक’ लगाएर पोखरामा व्यवसाय पनि शुरू गरेकी थिइन् । यद्यपि कलाकार साथीको प्रेरणाले केही वर्षको अन्तरालमै फेरि गीत रेकर्ड गराउन थालेकी थिइन् । ती व्यक्ति उनै पशुपति शर्मा थिए ।

आफ्नो सांगीतिक सपना पूरा हुनुमा गायक पशुपतिसँगको भेट र संगत पनि एक रहेको गायिका रिता बताउँछिन् । दोहोरी साँझमा गाउन शुरू गर्दाताकादेखि पछिसम्म पनि गायनमा पशुपतिले प्रोत्साहन गर्ने गरेको स्मरण रिताले गरिन् । 

‘उहाँलाई धेरै–धेरै धन्यवाद भन्छु । उहाँसँग भेट हुनु, संगत हुनु भनेको मेरो सपना पूरा हुनु रहेछ,’ रिताले भनिन् । 

null

दोहोरी साँझदेखिको रिता र पशुपतिको सहकार्य अहिले सांगठनिक रूपमा जारी छ । रिता अध्यक्ष हुँदा पशुपति वरिष्ठ उपाध्यक्ष छन् । 

दोहोरी गीत प्रतिष्ठानको २ दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष हुन पाउँदा यतिबेला रिता खुशी छिन् । उनी जति खुशी छिन्, त्यससँगै आएका जिम्मेवारी, चुनौती र दायित्वलाई लिएर सचेत पनि छिन् । 

यस कार्यकालमा आफूले लोकदोहोरी कलाकारहरूको हकहितका लागि सक्दो काम गर्ने रिता बताउँछिन् । लोकदोहोरी क्षेत्रमा देखिँदै आएका विकृति विसंगतिलाई न्यूनीकरण गर्नमा पनि आफूले समन्वयकारी भूमिका खेल्ने उनले बताइन् । ‘संस्थाको नेतृत्वमा रहेर ३ वर्ष अहोरात्र काम गर्ने प्रण गरेकी छु,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x