एसीसी प्रिमियर कपको अर्को सेमिफाइनलमा ओमानलाई युएईले २३७ रनकाे मध्यम लक्ष्य दिएको छ ।
४९.२ ओभरमा युएईले १० विकेट गुमाएर २३७ रनको लक्ष्य दिएको हो ।
टस जितेर ओमानले फिल्डिङ रोजेपछि युएई ब्याटिङमा उत्रिएको थियो ।
तर युएईका लागि मोहम्मद वासिम ४८, रमिज शहजाद ४६ र आशिफ खानले ३४ रन बनाउनुबाहेक अरु ब्याटर नचल्दा ओमानलाई मुलपानी क्रिकेट मैदानमा मध्यम लक्ष्य दिएको हो ।
वासिल हमिदले ३४ रन बनाए ।
अर्काे सेमिफाइनलमा कीर्तिपुरमा नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएपछि खेल वर्षाले रोकिन पुगेको छ ।
एकपटक रोकिएपछि ४५ ओभरमा खेल झारिए पनि फेरि कीर्तिपुरमा वर्षा भएको हो ।
निरन्तर वर्षा भएर खेल नहुने अवस्थामा नेपाल सोझै फाइनलमा पुग्नेछ । किनकी नेपाल यो कपमा समूह एको विजेता टोली हो ।
यी दुईबीचको विजेता टिमले नेपाल र कुवेतबीचको विजेतासँग फाइनल खेल्नेछ ।
फाइनल जित्ने टिमले भारत र पाकिस्तानसँग एसिया कप खेल्नेछ ।