एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाली टिमका कप्तान रोहित पौडेल शतक प्रहार गर्नबाट ६ रनले चुकेका छन् । वर्षाले दुईपटक बिथोलिएको खेलमा पौडेल ९५ बल खेलेर ९४ रन बनाएर आउट भए । उनले सात चौका र तीन छक्का प्रहार गरे ।
४२ ओभरमा घटाइएको खेलमा रोहित नेपालले कुवेतलाई चुनौतीपूर्ण लक्ष्य दिने देखिएको छ ।